नियम १६
मदिरा उत्पादन
(१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले पेटेन्ट स्टिल प्लाण्टबाट उत्पादित स्प्रिटको मिश्रण (ब्लेडिङ्ग) बाट मात्र मदिरा उत्पादन गर्नु पर्नेछ ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेका १५, २५, ३०, ४० र ५० यू.पी. शक्तिको मदिरालाई विभागले तोके बमोजिम बोतलबन्दी गर्नु पर्नेछ ।
(३) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको ७० यू.पी. शक्तिको मदिरालाई ३०० मिली लिटरको पेट बोतल वा विभागले तोकेबमोजिम बोतलबन्दीमा मात्र बिक्री गर्नु पर्नेछ ।
(४) वाइनको उत्पादन गर्दा पेटेन्ट स्टील ट्याङ्क वा काठको भाँडा भ्याटमा राखि फर्मेन्टउशन गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको व्यव्स्था संवत् २०७६ साल वैशाख १ गतेदेखि लागू हुनेछ ।